२१ श्रावण २०८३, बिहीबार
,
Latest
गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले संसदीय समिति सभापतिमा माधव र विमलालाई उम्मेदवार बनाउने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसदीय समिति सभापतिका लागि आफ्नो भागमा परेको दुईजना उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादीले पूर्वाधार विकास समितिमा माधव सापकोटा र कानून, न्याय तथा मानवअधिकारी समितिमा नुवाकोटकी विमला सुवेदीलाई उम्मेदवार बनाउने निर्णय हो ।

माधव सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद हुन् भने सुवेदी नुवाकोटकी समानुपातिक सांसद हुन् ।

संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने गरी भागबन्डा भइसकेको छ ।

भोलि हुने संसदीय समिति सभापति निर्वाचनको लागि आज अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।




भर्खरै