२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य आज पनि स्थिर, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पअिलो दिन आईतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्य आज पनि स्थिर रहेको हो ।

आज छापावाल सुन स्थिर रहि बिहिबारकै मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि यथावत रहि प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।