२१ श्रावण २०८३, बिहीबार
,
Latest
गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैन: मन्त्री बस्नेत



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ ।

आईतवार वित्तीय साक्षरता टिभी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसारभर आईटी क्षेत्रमा विकास गरेका देशहरु धेरै अघि बढीरहेको उल्लेख गर्नुभयो । उहाँले एउटा सामान्य भन्दा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचनाहरु एकै पटक सबैतर छर्नुपर्ने प्रविधिको विकास हुन जरुरी रहेको बताउनु भयो । उहाँले दुर्गममा रहेका स्वास्थ्यकर्मीहरुले पनि आईटीको माध्यमबाट धेरै कुरा सिक्न र सल्लाह लिन सक्ने उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले आधारभुत स्वास्थ्य, नि:शुल्क उपचार र दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पुर्‍याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढीरहेको उल्लेख गर्नुभयो । उहाँले आफू मन्त्री बनेको तीन महिनामा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आईटीको क्षेत्रमा सुधार नगरीकन हाम्रो विकास, निर्माण, उन्नति प्रगति सम्भव छैन । संसारभर ज—जसले यो क्षेत्रमा विकास गरेका छन्, ती देशहरु अघि बढेका छन् । हामीले पनि एउटा सामान्य भन्दा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचनाहरु एकै पटक सबैतर छर्नुपर्‍यो भने यो सिस्टम काम लाग्दैन । एकछिनलाई मानि लिनुस्, स्वास्थ्यकर्मीहरु दुर्गम गाउँमा पठाउन सकेनौँ, त्यहाँ एउटा सामान्य डाक्टरले कसैको सल्लाह नै लिनुपर्ने भयो, त्यहाँ सिनियर डाक्टलाई सञ्चार वा आइटीको माध्यमबाट सम्पर्क गरेर यस्तो स्थितिमा कसरी निराकरण गर्न सकिन्छ भन्नेकुरा बुझ्न सकिन्छ ।’

मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने ५ वर्ष भित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबी गर्नुभयो ।

 




भर्खरै