• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

वेस्टहामसँग हार्यो ब्राइटन



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टहाम युनाइटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा वेस्टहामले ब्राइटनलाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

वेस्टहामलाई जित दिलाउन १९ औं मिनेटमा जेम्स वार्ड प्रोसे, ५८ औं मिनेटमा जारोर्ड बोइन र ६३ औं मिनेटमा मिसेल एन्टोनीओले गोल गरे । यता, ८१ औं मिनेटमा पास्कल ग्रोवले ब्राइटनका लागि सान्त्वना गोल फर्काए ।

यो नतिजासँगै वेस्टहाम ३ खेलबाट ७ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । ब्राइटन समान खेलबाट ६ अंकका साथ चौंथो स्थानमा छ ।