• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

दुई गोलले पछि परेको अवस्थामा म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले नटिङहम फरेस्टलाई ३–२ गोलले पराजित गरेको हो । २ गोलले पछि परेको अवस्थामा युनाइटेड कमब्याक गर्दै विजयी बन्यो । खेलको चार मिनेटको अन्तरालमा युनाइटेडले दुई गोल खान पुग्यो ।

दोस्रो मिनेटमा ताइओ एओनीईले तथा चौंथो मिनेटमा विली बोलीले गोल गर्दै नटिङहमलाई दुई गोलको अग्रता दिदलाएका थिए । तर, खेलको १७ औं मिनेटमा क्रिस्टियन एरिक्सन, ५२ औं मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई २–२ गोलको बराबरीमा ल्याए ।

यस्तै, ७६ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–२ गोलले जित दिलाए । यो नतिजासँगै युनाइटेड ३ खेलबाट ६ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । नटिङहम समान खेलबाट ३ अंकका साथ १४ औं स्थानमा छ ।