• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

फुलहमसँग बराबरीमा रोकियो आर्सनल



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले फुलहमसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली आर्सनलले सुरुवाती पहिलो मिनेटमै गोल खान पुग्यो । एन्ड्रिीयास पेरेइराले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाए । ७० औं मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, सब्सीच्युट खेलाडी एड्डी केटियाहले ७२ औं मिनेटमा गेल गर्दै आर्सनललाई २–१ गोलको अग्रता दिलाए । तर, आर्सनलको अग्रता धेरैबेर टिक्न सकेन । ८७ औं मिनेटमा जोआओ पाल्हिन्हाले गोल गर्दै फुलहमलाई हारबाट जोगाए । कर्नरबाट आएको पासलाई उनले डाइरेक्ट प्रहार गर्दै गोल गरेका थिए ।

बराबरीको नतिजासँगै आर्सनल ३ खेलबाट ७ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । फुलहम समान खेलबाट ४ अंकका साथ ११ औं स्थानमा छ ।