२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा आयोजना गरिएको गौरा पर्व सम्पन्न



काठमाडाैंको टुँडिखेलमा देउडा खेल्दै ।
अ+ अ-

काठमाडौँ : काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको गौरा पर्व आज सम्पन्न भएको छ । सो अवसरमा काठमाडौँमा बस्ने सुदूरपश्चिमेलीले तीन दिनसम्म धुमधामका साथ गौरा पर्व मनाएका छन् ।

गौरा मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको सुरु गर्ने चलन छ ।

तीन दिनसम्म मनाइने गौरामा महिला व्रत बस्ने र गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउने गर्छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भनिन्छ । गौराको दोस्रो दिन व्रतालु महिलाले पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन रहेको डोटी घर भई हाल काठमाडौँमा बस्दै आउनुभएकी स्थानीय रहनी खड्काले बताउनुभयो ।

उहाँका अनुसार सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा भित्र्याएर पूजाअर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउनेस्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा छ ।

महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा गौरादेवीको बिरुडा थापिदिने अनि प्रसादका रुपमा सबैलाई वितरण गर्ने चलन रहेको डोटी घर भइ हाल कामको सिलसिलामा काठमाडौँ बस्दै आउनुभएकी तुलसी शाहीले बताउनुभयो । उहाँका अनुसार गौरा पर्वको प्रमुख आकर्षण भनेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने नै हो । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ ।

काठमाडौँमा बस्ने सुदूरपश्चिमेलीहरुले टुँडिखेलमा तीन दिनसम्म गौरासम्बन्धी विभिन्न देउडा, चैत, धुमारी, स्थानीय भाषासहितका खेल खेलेर आनन्द लिएका थिए । सो अवसरमा उनीहरुले देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेलेको अछामकी मङ्गलादेवी साउदले बताउनुभयो । सुदूरपश्चिमेलमा गौरा पर्वलाई आफन्तसँग भेटघाट गर्ने समयसहित एकताको पर्वका रुपमा पनि लिइन्छ ।