२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा गर्न माग गर्दै धरानमा प्रदर्शन -फोटो फिचर



अ+ अ-

सुनसरी । सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरुले प्रदर्शन गरेका छन् ।

शनिवार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्‍याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरु तरहराको पानीपियामा आन्दोलित भएका हुन् । शुक्रवार मध्यरातिदेखि धरानमा निधेषाज्ञा जारी गरिएको थियो । हिन्दु धर्मावलम्वीहरुको प्रदर्शनलाई निधेषाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्‍यालीमा हजारौं सर्वसाधारण सहभागी भएका थिए ।

धार्मिक अभियन्ता तथा राधिका फाउन्डेसन , संरक्षक एबं संस्थापक अध्यक्ष राधिका दासीका अनुसार विराटनगरबाट इटहरी हिडेका २७ वटा गाडीलाई प्रशासनले बाटो मै रोकिदिएको यो । झापाका दर्जन भन्दा बढी गाडी चारपाने लगायत सुरुङ्गा क्षेत्र तिरै रोकिदियो । धनकुटा तिर बाट आएका तीन दर्जन भन्दा बढी गाडीहरु धरान प्रवेश गर्न दिइएन । फेरी पनि बिस हजार भन्दा बढी ओमकार परिवारलाई मान्नेहरु आज इटहरीमा स्वधर्म रक्षा र गौ माता को रक्षार्थ आवाज बुलन्द गर्दै सडक मा उत्रिएका थिए ।

धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेर भोज गरिएको बिरोधमा आन्दोलन चर्किएको हो । हिन्दु धर्मावलम्वीहरुले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन् । एक धर्मावलम्वीहरुले अर्को धर्मावलम्वीहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यतिबेला आन्दोलन चर्किंदै गएको छ ।

 

 

फोटो -राधिका दासीको फेसबुकबाट