काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेमाथि मुद्दा हालेकी गौशाला २६ अस्पताल भर्ना भएकी छन् ।
स्रोतका अनुसार औषधिको ओभरडोज सेवन गरेपछि आज उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।
अहिले उनी खतरामुक्त रहेको बताइएको छ । गौशाला २६ ले सामाजिक सञ्जालमा अस्पतालभित्रको तस्बिरसहित क्याप्सनमा ‘बाँच्नभन्दा मर्न गाह्रो’ भनेर लेखेकी छिन् ।
सन्दीपविरुद्धको मुद्दामा भोलि पेशी तोकिएको छ । पेशीको अघिल्लो दिन गौशाला २६ अस्पताल भर्ना भएकी हुन् ।
आफ्नो शरीर अब धेरै पीडा खप्न सक्ने अवस्थामा नरहेको उनी सामाजिक सञ्जालमा लेख्छिन् ।