२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल भर्ना भइन् गौशाला २६



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेमाथि मुद्दा हालेकी गौशाला २६ अस्पताल भर्ना भएकी छन् ।

स्रोतका अनुसार औषधिको ओभरडोज सेवन गरेपछि आज उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।

अहिले उनी खतरामुक्त रहेको बताइएको छ । गौशाला २६ ले सामाजिक सञ्जालमा अस्पतालभित्रको तस्बिरसहित क्याप्सनमा ‘बाँच्नभन्दा मर्न गाह्रो’ भनेर लेखेकी छिन् ।

सन्दीपविरुद्धको मुद्दामा भोलि पेशी तोकिएको छ । पेशीको अघिल्लो दिन गौशाला २६ अस्पताल भर्ना भएकी हुन् ।

आफ्नो शरीर अब धेरै पीडा खप्न सक्ने अवस्थामा नरहेको उनी सामाजिक सञ्जालमा लेख्छिन् ।