• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रिमियर लिगमा आज ६ खेल



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज शनिबार ६ खेलहरु हुँदैछन् । पहिलो खेलमा बर्नमाउथले टोटेनहमको सामना गर्दैछ ।

यो खेल साँझ १७ः१५ बजे सुरु हुनेछ । यस्तै, एकै समयमा म्यान्चेस्टर युनाइटेडले नटिङहम फरेस्टको सामना गर्दैछ भने आर्सनल र फुलहम भिड्दैछन् । यस्तै, ब्रन्टफोर्ड र क्रिस्टल प्यालेस आमनेसामने हुँदा एभर्टनले वल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

यी सबै खेलहरु साँझ १९ः४५ बजे सुरु हुनेछ । आज राती नै ब्राइटन र वेस्टहामबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल २२ः१५ बजे सुरु हुनेछ ।

दोस्रो हप्तासम्म आइपुग्दा ब्राइटन ६ अंकका साथ शीर्षस्थानमा रहँदा समान अंक भएका म्यान्चेस्टर सिटी र आर्सनल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।