• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

चेल्सीको सहज जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले ल्युटन टाउनलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिङले दुई तथा निकोलस ज्याक्सनले एक गोल गरे ।

खेलको १७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा स्टर्लिङले नै गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । यस्तै, ७५ औं मिनेटमा ज्याक्सनले गोल थप्र्दै चेल्सीलाई ३–० को सहज जित दिलाए ।

जितसँगै चेल्सी ३ खेलबाट ४ अंकका साथ तालिकाको ८ औं स्थानमा छ । ल्युटन २ खेलबाट अंकविहिन रहँदै पुछारमा छ ।