९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ध्यान सत्तातिर छैनः ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ ।

शुक्रवार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने ओलीको भनाई थियो । उहाँले एमालेले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको पनि बताउनु भयो । ओलीले सत्तारुढ गठबन्धनको कुबुद्धिका कारण कोशी प्रदेश सरकारमा अस्थिरता आएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन तस्करी भयावह ढंगले भइराखेको छ । त्यो देशका लागि, देशको इज्जतको लागि, सबभन्दा ठूलो कुरो अर्थतन्त्रको लागि, आर्थिक उन्नतिमा यसले ठूलो बाधा पु¥याउँछ । यस हिसावले यो धेरै गम्भिर कुरा हो । यसलाई रोक्नैपर्छ । यदि यो कुरालाई तपाईले सरकारसँग जोडेको हो भने अहिले हाम्रो सरकारतिर ध्यान छैन । सरकारतिर ध्यान होइन, हाम्रो राजनीतिक स्थिरता, स्थायित्व, सुशासन, भ्रष्टाचार नियन्त्रण, तस्करीजन्य कुरा भ्रष्टाचारकै अंग हो ।

यी कुराहरु नियन्त्रण र आर्थिक विकास । यी प्रश्नहरुमा हाम्रो ध्यान छ । कोशी प्रदेश सरकार त बनेकै थियो । यो त सत्तारुढ गठबन्धनको कुबुद्धि र अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापको कारणले या अस्थिरता आएको न हो । नत्र भने नबनेको सरकार बनाए भन्ने । सभामुखले भोट हालेर असंवैधानिक क्रियाकलाप गर्ने, गराउने । सभामुखलाई राजीनामा गराएर संकट खडा गराउने । यस्ता खालको काम सत्तापक्षले गरेर समस्या आएको न हो ।’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापका कारण कोशी प्रदेश सरकार आफैँ संकटमा परिरहेको जिकिर गर्नुभयो ।