• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको) को छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो ।

यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ। कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।