२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि हुने पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्न धरानका राजनीतिक दलको आग्रह



अ+ अ-

काठमाडौँ । धरानमा रहेका राजनीतिक दलले शनिबार हुने कार्यक्रम स्थगन गर्न माग गरेका छन् । शुक्रबार विभिन्न राजनीतिक दलले सर्वदलीय विज्ञप्‍ति जारी गरेर धरानमा देखा परेको धार्मिक, सांस्कृतिक विवादका विषयहरूलाई सर्वपक्षीय सर्वदलीय वार्ताको माध्यमद्वारा समाधान गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।

विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशंका उत्पन्न भएकाले चिन्तित बनाएको भन्दै सामाजिक सञ्जालबाट सामाजिक सद्भाव खलबलिने खालको पोष्टहरू प्रकाशन नगर्न समेत आग्रह गरिएको छ ।

विज्ञप्तिमा विज्ञप्तिमा नेपाली कांग्रेसका धरान सभापति श्याम पोखरेल, एमालेका हध्यक्ष कर्मजंग एभेङ, माओवादीका अध्यक्ष सुर्यबहादुर भट्टराई, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु, रास्वपाका संयोजक राजेशमान श्रेष्ठ, राप्रपाका सचिव तिलक मगर, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङ, नेससपा इन्चार्ज दिनेश राई, सलोराम इन्चार्ज भुपेन्द्र सुन्दर लावती, राजमुपा नेपालका उपमहासचिव विष्णु थाम्देन, खिसपा अध्यक्ष भुपी कायी र विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुदन कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सामाजिक सञ्जालबाट सामाजिक सद्भाव खलबलिने खालको पोष्टहरू प्रकाशन नगर्न विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन हार्दिक अनुरोध गर्दछौं । सम्बन्धित निकायलाई सामाजिक सद्‌भाव तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गर्दछौं ।’

साथै, जाति, धर्म समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई गरी सामाजिक द्वेष तथा आस्था भावनामा ठेस पुर्‍याउने गतिविधि नगर्न सर्वदलीय बैठकले अनुरोध गरेको छ ।