९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियासँग ६ विकेटले हारे पनि नेपाल फाइनलमा



अ+ अ-

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

शुक्रबार मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । यद्यपि, नेपाल हारका बाबजुद नेटरनरेटमा शीर्षस्थानमा रहँदै फाइनलमा पुग्यो । अर्कोतर्फ मलेसिया भने जितका बाबजुद पनि बाहिरिनु परेको छ ।

जितकन लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मलेसियाको जितमा एना हामिजाह हाशिम ३९ बलमा ३ चौकासहित ३७ रनमा अविजित रहिन् ।

यस्तै, महिराह इजाती इस्माइलले २४ बलमा १ चौकासहित २१ रन बनाइन् । नेपालकी पुजा महतो, रुविना क्षेत्री र सीता रानामगरले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रन जोडे । अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । मलेसियाको ३ खेलमा ४ अंक भएपनि नेटरनरेटका कारण फाइनलमा स्थान बनाउन सकेन । फाइनल खेल शनिबार हुनेछ ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले यो सिरिज खेलिरहेको छ ।