१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको कारण रोकियो नेपाल र मलेसियाको खेल



अ+ अ-

एजेन्सी । महिला टि–२० आई सिरिजमा नेपाल र मलेसियाबीचको खेल वर्षाको कारण रोकिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४.४ ओभरमा १ विकेट गुमाउँदै २३ रन बनाएको छ ।

नेपालकी ओपनर काजल श्रेष्ठ १५ रनमा नटआउट छिन् । उनीसँगै क्रिजमा इन्दु बर्मा रहेकी छन् । बर्माले ७ रन बनाएकी छिन् ।

ओपनर पुजा महतो भने एक रनमा नै एलबीडब्लू आउट भएकी थिईन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा नेपाल अपराजित रहँदै फाइनल खेल्नेछ ।

हङकङ पनि ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । आज नेपाल पराजित भएमा तीन टोलीको समान ४ अंक हुनेछ र नेटरनरेटको आधारमा माथि रहेको टोलीले फाईनलको यात्रा तय गर्नेछ ।