२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनिया नृत्य प्रतियोगितामा प्रथम भएको बेबिलोनलाई शिक्षामन्त्री राईबाट पुरस्कार प्रदान



अ+ अ-

काठमाण्डौ । नेपालस्थित चिनिया राजदूतावासको आयोजनामा आयोजित नवौं काठमाण्डौ उपत्यकाव्यापी चिनिया नृत्य प्रतियोगितामा बेबिलोन नेशनल स्कुल शान्तिनगर पहिलो भएको छ ।

उपत्यकाका ५४ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएको सो प्रतियोगितामा बेबिलोन स्कुलका छात्राहरु रोशनी राई, निनाङ्गमा राई र रिस्ता दाहालले चिनियाँ भाषाको गीतमा नृत्य गरेका थिए । हात्तिगौंडास्थित युरो स्कुलमा फाइनल प्रतियोगिता भएको थियो ।

चिनिया भाषा अध्यापन हुँदै आएका राजधानीका विद्यालयका विद्यार्थीवीच सो प्रतियोगिता आयोजना गरिएको हो ।

चिन सरकारको शिक्षा मन्त्रालय अन्र्तगतको चाइनिज ल्याङ्गवेज एजुकेशन सेन्टरको समन्वयमा भएको सो नृत्य प्रतियोगिताका विजयी विद्यालय र विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राई र नेपालका लागि चिनिया राजदूत चेन सोङ्गले ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे ।

राजधानीको होटेल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहमा मन्त्री राई तथा राजदूत सोङ्गले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए भने बेबिलोन स्कुलमा चिनिया भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुले चिनिया गीत प्रस्तुत गरेका थिए ।

आफ्नो बिद्यालयले चिनिया नृत्य प्रतियोगितामा पहिलो भएर पुरस्कार जितेको अवसरमा बेबिलोन नेशनल स्कुलले विद्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा चिनिया शिक्षा मन्त्रालय अन्र्तगतको चाइनिज ल्याङ्गवेज एजुकेशन सेन्टरका चिनिया भाषा स्यवम्सेवक शिक्षक सुपरभाइजरद्वय लिउ युन्हाई र लियन ताइसोङ्गले बेबिलोन स्कुलले जितेको ट्रफि, पदक र प्रमाणपत्र विद्यालय र विजयी विद्यार्थीलाई हस्तान्तरण गर्दै विद्यालय र विद्यार्थीलाई वधाई समेत दिए ।

बेबिलोन स्कुलमा विगत ९ वर्षदेखि चिनिया स्वयमसेवक शिक्षकहरुबाट विद्यार्थीलाई चिनिया भाषा अध्यापन गराइँदै आएको शिक्षिका अनिता सिग्देलले बताइन् ।