२३ भाद्र २०८३, मंगलवार
,
Latest
हङ्गेरीद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश ‘शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ’ रसुवा भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा थप एक जनाको शव फेला प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार ‘एक्चुअल’ काममा हैन ‘भर्चुल’ प्रचारमा मस्त: एमाले उपमहासचिब रिमाल



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिब बिष्णु रिमालले सरकार एक्चुअल काममा हैन भर्चुल प्रचारमा मस्त रहेको आरोप लगाउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नु भएको छ -मुलुक सबैतिर अस्तव्यस्त छ सरकार तर सरकार भर्चुअल खेतीमा व्यस्त छ ।

उहाँले लेख्नुभएको छ ।

लम्पी स्कीन महामारीबाट करिब ११ लाख चौपाया संक्रमित भए, ५० हजार त मरि नै सके ।

डेङ्गीले समग्र समाज त्रस्त छ, आँखा पाकेर जनताको बेहाल छ ।

आर्थिक मन्दी र महँगीले जनजीवन अस्तव्यस्त छ ।

‘रियल’ उद्यमीहरुको व्यवसाय बेहाल छ । तस्कर र माफियाहरुलाई मालामाल छ ।

प्रतिकूल मौसमका कारण यसबर्ष रोपाइँ करिब १५ प्रतिशत कम भएको छ, यसको असर अर्को बर्ष देखिने छ ।

जुम्लाको स्याउलाई केही समयपछि नै बजार चाहिएको छ, व्यवस्थापन गर्नुपर्ने सरकारी निकाय अदृष्य छ ।

आर्थिक बर्ष २०७९र८० मा विजुलीको बिक्रि १० अर्ब ४५ करोडको भएछ, तर १९ अर्ब ४४ करोडको विजुली किनिएछ ।

विजुलीमा झण्डै ९ अर्बको घाटा व्यापार भएको सत्य कुरा सरकार बोल्दैन ।

बेचेँरबेचेँ भनेर गफ लगाउँछ । ‘एक्चुअल’ काममा हैन ‘भर्चुल’ प्रचारमा मस्त छ ।

यस्तो “खेति” कहिलेसम्म?