४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाखुसीको बाटोमा जब यात्रुबाहक माईक्रो हिलोमा फस्यो…



अ+ अ-

काठमाडौँ । शुक्रबार बिहान सामाखुसीको बाटोमा कुनै गाउँ ठाउँको कच्चि बाटोमा बस फसेपछि ठेलिरहेको जस्तै दृश्य देखियो ।

रत्नपार्क गइरहेको एउटा यात्रुबहाक माईक्रो हिलोमा फस्यो । गाडी सडकको बिचमा फसेपछि अन्य सवारी साधन रोकिए ।

स्थानीयका अनुसार बिद्युतको तार भूमिगत गर्ने र खानेपानीको पाइप फेर्न भन्दै सो स्थानको पक्की सडक भत्काइएको थियो । त्यसयता सडक मर्मत नहुँदा हरेक दिनजसो गाडी फस्ने, बाइक पल्टने जस्ता घटना बढिरहेको छ ।

सडकको यो दुर्गतिले काडमाडौं सामाुसीको खुसीनै खोसेको संञ्चारकर्मी प्रभात रिमालले टिप्पणी गर्नुभयो ।

फोटो सामाजिक संञ्जलमा राख्दै उहाँले लेख्नुभएको छ

यो दुर्गति काठमाडौं सामाखुसी को ,खुसी त केही रहेन यो देशमा सर्बसाधारणको लागी यो दुर्गति को ज़िम्मेवार चाही खान नहुने पानी बितरणको नाम मा खानेपानी, दिनमै दशचोटी झ्याप झ्याप बत्ती गईरहने कंम्पनी बिद्दुत प्राधिकरण हो र समन्वय गर्न नसक्ने महानगरपालिका पनि हो ।

फोटो -शैलेश शाक्य