९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल खेल्न नेयमार भारत आउने



अ+ अ-

एजेन्सी । ब्राजिलियन स्टार फुटबलर नेयमार भारत आउने भएका छन् ।

एसियाको सबैभन्दा ठूलो क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको ड्रमा नेयमार आबद्ध साउदी क्लब अल(हिलालको खेल भारतमा हुने तय भएसँगै नेयमार भारत आउने भएका हुन् ।

समूह ‘डी’मा रहेको अल–हिलालसँगै दक्षिण एसियाबाट भारतको मुम्बई सिटी पनि परेको हो । सो समूहमा इरानको नसाजी मजान्दरन र उज्वेकिस्तानको नाभबहोर पनि छन् ।

गत सिजनको साउदी प्रो लिग विजेता अल–हिलालमा ब्राजिलियन फवार्ड नेयमार यसै सिजन आबद्ध भएका छन् । अल–हिलालमा सेनेगलका काउलीबाली, पोर्चुगलका रुबेन नेभेस र सर्वियाका मित्रोभिच पनि रहेका छन् ।

लिगको समूह चरणका खेल १८ सेप्टेम्बरदेखि होम एन्ड अवेका आधारमा हुनेछन् । १० समूह विजेता र ६ उत्कृष्ट उपविजेता नकआउट चरणमा पुग्नेछन् ।