८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपतिद्वारा बारा बस दुर्घटनाप्रति दु:ख व्यक्त



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले बाराको चुरियामाईमा तीर्थयात्रीहरू बोकेको बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

दुर्घटनामा परी अमूल्य जीवन गुमाउनुहुने यात्रु महानुभावहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दै नेपालमा बढ्दो यातायात दुर्घटनाबाट मानव जिवनको रक्षाको लागि सम्बन्धित सबैको पक्षको ध्यानाकर्षण गराउनु भएको छ ।

उहाँले वर्षाको यस प्रतिकुल मौसमको समयमा सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन तदारुकताका साथ समन्वयात्मक रूपमा कार्य गर्न जिम्मेवार निकायहरूको ध्यान आकृष्ट समेत गराउनु भएको छ ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना हुदा ७ जनाको मृत्यु भएको थियो ।