२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपतिद्वारा बारा बस दुर्घटनाप्रति दु:ख व्यक्त



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले बाराको चुरियामाईमा तीर्थयात्रीहरू बोकेको बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

दुर्घटनामा परी अमूल्य जीवन गुमाउनुहुने यात्रु महानुभावहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दै नेपालमा बढ्दो यातायात दुर्घटनाबाट मानव जिवनको रक्षाको लागि सम्बन्धित सबैको पक्षको ध्यानाकर्षण गराउनु भएको छ ।

उहाँले वर्षाको यस प्रतिकुल मौसमको समयमा सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन तदारुकताका साथ समन्वयात्मक रूपमा कार्य गर्न जिम्मेवार निकायहरूको ध्यान आकृष्ट समेत गराउनु भएको छ ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना हुदा ७ जनाको मृत्यु भएको थियो ।