२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध रुपमा लुकाई छिपाई मुद्रा लैजान लागेको अवस्थामा फिलिपिनी नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ मुद्रा लैजान लागेको अवस्थामा प्रहरीले एकजना फिलिपिनी नागरिकलाई पक्राउ गरेको छ ।

बिहीबार बिहानलुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको ३१ थान, २० दरको ५ थान गरी जम्मा ३ हजार २ सय अमेरिकी डलर र १ हजार दरको ३ सय थान, ५ सय दरको ११ सय थान गरी ८ लाख ५० हजार नेपाली रुपैयाँसहित फिलिपिन्सका ३२ वर्षीय अर्सेनियो जेआर मेसालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट फ्लाई दुबईको उडानबाट दुबई जान लागेका उनलाई बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा प्रहरीले मुद्रासहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।