२१ श्रावण २०८३, बिहीबार
,
Latest
पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको… राष्ट्रियसभाको बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशबारे सरकार: बराबर भएपछि सभाध्यक्षले मत दिन पाइन्छ



अ+ अ-

काठमाडौँ । सरकारले कोशी प्रदेशमा सभाध्यक्षले मुख्यमन्त्री चयनका लागि विश्वासको मत दिनु जायज भएको बताएको छ ।

बिहीवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेश सरकार निर्माणबारे मुद्दा अदालतमा रहेको भन्दै अदालतको आदेशपछि मात्रै बोल्न सकिने बताउनु भयो । उहाँले मत बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न पाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारले आफ्नालाई बचाउने, आफ्नालाई पार्ने भन्नेखालको प्रतिपक्ष आरोपको जे कुरा छ, यो व्यवहारत: खण्डित भइसकेको छ । सत्ता पक्षकै केही नेताहरु यो केसमा परिसक्नुभएको छ । जतिपनि उठेका विषयमा सिआईबीले अनुसन्धान र छानबिन गरिरहेको छ । त्यसैले यो विषय के भएको हो ? कसरी अघि बढीरहेको छ, बचाउन, नबचाउन लागिएको छ की छैन, भन्नेकुरा बाहिर बोल्न हतार हुन्छ ।’

‘सरकारको दृढ विश्वास र प्रतिवद्धता निर्दोष फस्नु हुँदैन, दोषी बाँकी हुनुहुन्न भन्ने हो । बाहिर उठेका प्रश्नमा सरकारले व्यवहारबाट जवाफ दिनेछ । कोशी प्रदेशको कुरा अदालतमा मुद्दाकै रुपमा गइसकेको छ । त्यसलाई अदालतको आदेश नआउन्जेल बोल्ने कुरा भएन । बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न नपाउने भन्ने हुँदैन मत हाल्न पाइन्छ । आदालतले नै बाँकी कुरा टुंग्याउनेछ ।’

प्रवक्ता शर्माले सकरारले कुनैपनि अनियमिततामा आफ्नालाई बचाउने काम नगरेको बताउनु भयो ।




भर्खरै