२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढेको छ: नेपाल प्रहरी

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढेको छ: नेपाल प्रहरी
अ अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

बिहीवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले यस बारेमा नागरिकहरु सचेत हुनुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगि गर्ने क्रम पनि बढेको बताउनु भयो । उहाँले सबैभन्दा धेरै उजुरी र निवेदन वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगि गरिएको बताउनु भयो । उहाँले बैंक खातामा अनधिकृत पहुँच पुर्‍याइ रकम ठगि गर्ने क्रम बढेको भन्दै सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत वर्षको माघदेखि यस वर्षको असारको मसान्तसम्म हामीले ८ हजार ९२३ वटा मुद्दा दर्ता गरेका रहेछौँ । एक नम्बरमा बैंकिङ कसुर, अभद्र व्यवहार, यस्ता मुद्दामा ५ हजार ९४० जना हामीले पक्राउ गरेर कानूनी दायरामा ल्याइसकेको अवस्था छ । साइबर शाखा तिरबाट हेर्ने हो भने ३३२ वटा निवेदन प्राप्त भएका रहेछन् ।’

‘रकमतर्फ हामीले हेर्ने हो भने ५ करोड ४१ लाख भन्दा बढीको रकम तलमाथि भएको रहेछ, यसभित्र पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगि गरेको, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर सबैभन्दा धेरै समस्या अहिले उक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगि गर्नेहरुको संख्या पनि ठूलो छ । बैंक खातामा अनधिकृत पहुँच पुर्‍याइ रकम ठगि गर्ने क्रम बढेको छ ।’

उहाँले मोबाइल चोरीको निवेदन पछिल्लो समय बढ्दै गइरहेको बताउनु भयो ।