८ आश्विन २०८१, मंगलवार
,
Latest
नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित) फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो परीक्षामा एआईको प्रयोग गरेकोमा परीक्षा रद्द हुने जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाको सञ्चार रजिष्ट्रारमा काफ्ले नियुक्त



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश काफ्ले नियुक्त हुनुभएको छ ।

सञ्चार, सूचना तथा तथ्यांक व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम उहाँलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरिएको हो। यस दफामा सूचना प्रविधि विभागका प्रमुख सञ्चार रजिस्ट्रार हुने व्यवस्था गरिएको छ।

उहाँ सूचना प्रविधि विभागको प्रमुखमा सरुवा भएर आएका हुन्। विभागीय प्रमुखसँगै रजिष्ट्रारको कार्य जिम्मेवारी सम्हाल्नुहुने काफ्लेले बुधबार नै पदबहाली गर्नुभएको छ । यसअघि उहाँ सार्वजनिक निजी साझेदारी एकाइमा हुनुहुन्थ्यो । महानगरपालिकाको तथ्यांक र सूचना प्रविधि व्यवस्थापन, वेबसाइट, सामाजिक सञ्जाल, इमेल व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने, महानगरपालिकाको सञ्चार प्रतिष्ठानको सदस्य सचिवका रुपमा काम गर्ने, सञ्चार रजिस्ट्रारको जिम्मेवारीमा तोकिएका जिम्मेवारी पूरा गर्ने गराउने रजिस्ट्रारका मुख्य काम हुन्।

नेपालको संविधानको धारा २२६ (१) को व्यवस्थाबमोजिम अनुसूची ८ र ९ मा रहेको अधिकार बाँडफाँडको सूचीमा उल्लेख भएको सञ्चारसम्बन्धी अधिकारको प्रयोग गर्न महानगरपालिकाको २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनबाट ऐन जारी भएको हो।