५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिल बाबुको अध्यक्षतामा जुआनमा नयाँ कार्यसमिति चयन



अ+ अ-

काठमाण्डौ । जापानमा उच्च शिक्षा हासिल गरि फर्केका नेपाली विद्यार्थीहरुको संस्था जापान युनिभर्सिटी एलुम्नाई एशोसियसन नेपाल ‘जुआन’ को बुधबार सम्पन्न निर्वाचनबाट सुनिल बाबु श्रेष्ठको अध्यक्षतामा आगामी दुईवर्षका लागि १३ सदस्यीय नयाँ कार्यकारीणी समिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.होमनाथ चालिसे, महासचिवमा प्रमोद पौडेल, सचिवमा मनसा थापा ठकुराठी, कोषाध्यक्षमा निर्मला देवी भट्ट चयन भएका छन । यसैगरि कार्यसमितिका अन्य सदस्यहरुमा मधुसुदन गौतम, प्रताप छत्कुली, सहज श्रेष्ठ, विद्या पोखरेल, रशिला देशार, सन्तोष अर्याल र डा. केशव श्रेष्ठ छन् ।

नवनिर्वाचित कार्यकारी समितिका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत डा.रोहित पोखरेलले प्रमाणपत्र र एक/एक वटा इण्डोर प्लाण्ट वितरण गरे ।

संस्थाका संस्थापक अध्यक्ष हरेन्द्र विकास बरुवाको उपस्थितिमा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष डा.प्रविण श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यकालको सफलताको शुभकामना दिनुको साथैै आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने निर्वतमान कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद दिए ।

नवनिर्वाचित अध्यक्ष सुनिल बाबु श्रेष्ठले सबैको साथ र सहयोगबाट अघि बढ्ने र संस्थालाई नयाँ उचाँईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे भने संस्थाका पुर्व अध्यक्ष मनोज गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।