• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

सिन्सिनाटिलाई टाइब्रेकरमा हराउँदै मायमी यूएस ओपनको फाइनलमा



एजेन्सी । लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमी यूएस ओपन कपको फाइनलमा पुगेको छ ।

सेमिफाइनल खेलमा सिन्सिनाटिलाई टाइब्रेकरमा ५-४ ले हराउँदै मायमीले फाईनलमा स्थान पक्का गरेको हो ।

सिन्सिनाटिकाको मैदानमा भएको खेल निर्धारित समयमा २-२ र त्यसपछि ३० मिनेटके अतिरिक्त थप समय १-१ गोलको बराबरीमा सकिएको थियो ।

टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४-४ गोल प्रहार गरेका थिए । सिन्सिनाटिका हागलन्डले गरेको पाँचौ प्रहार मायमीका गोलरक्षक क्यालेन्डरले बचाए । त्यसपछि मायमीका लागि क्रेमास्कीले पेनाल्टीमा गोल गर्दै जित दिलाए ।

खेलको १८ औं मिनेटमा सिन्सिनाटिका लुसियानो अकोस्टाले गोल गर्दै सुरुवाति अग्रता दिलाए। दोस्रो हाफको ५३ औं मिनेटमा ब्रान्डन भाज्केजले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा मायमीका लागि लिओनार्डो काम्पानाले मेस्सीको फ्रिकिकमा हेडरमार्फत गोल गरेका दिए । इन्ज्यूरी समयका लागि थप गरिएको आठौं मिनेटको अन्तिम समयमा मेस्सीकै लामो पासमा काम्पानाले पुन: गोल गरे ।

अतिरिक्त समयको पहिलो हाफमै मायमीका क्रेमास्कीको पासमा जोसेफ मार्टिनेजले गोल गर्दै ३-२ को अग्रता दिलाए । फेरी सिन्सिनाटिका युया कुबोले गोल गर्दै खेल ३-३ को स्थितिमा ल्याए । त्यसपछि खेल टाइब्रेकरमा गएको थियो ।

अब ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग मियामिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल सेप्टेम्बर २७ मा हुनेछ ।