४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराकी पत्रकार एलिजाको निधन



अ+ अ-

पोखरा । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) को निधन भएको छ । सोमबार बिहान पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा मंगलबार निधन भएको हो ।

जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी)मा लगेर उपचार थालिएको थियो । अवस्था जटिल हुँदै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)को भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो १२ः४२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरिर आगोले ६० प्रतिशत जलिसकेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०५५ मा पोखराको भलाममा जन्मिएकी उनी विगत ७ वर्षदेखि सञ्चारकर्ममा सक्रिय थिइन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले यसअघि माछापुच्छ्रे एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन् ।

उनको शव पोस्टमार्टमपछि आफ्नो निवास जाल्पारोडमा अन्तिम श्रद्धाञ्जलीको लागि लगिएको थियो । त्यहाँ करिब १ घण्टा राखिएपछि अन्त्येष्टिका लागि मंगलबार साँझ सेती किनार शान्तिघाट लगिएको हो । चलचित्र पत्रकार संघ कास्कीले उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शवमा झण्डा ओढाएको थियो ।