२३ असार २०८३, मंगलवार
,
Latest
नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी समाचारः दाङमा पाँच सङ्क्रमितको मृत्यु



अ+ अ-

तुलसीपुर । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको छ ।  

दाङको दंगीशरण गाउँपालिका वडा नं। ६ निवासी ५३ वर्षीया महिलाको आइतबार साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यहि वैशाख २४ गते अस्प्तालमा भर्ना भएकी थिइन् । त्यस्तै तुलसीपुर–७ निवासी ५८ वर्षीया महिलाको पनि साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यहि वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।

त्यस्तै घोराही–१४ निवासी ५९ वर्षीय पुरुषको आइतबार साँझ सवा ५ः०० बजेतिर निधन भएको हो । उनी यहि वैशाख २४ गतेदेखि उपचाररत थिए  । त्यस्तै घोराही–७ निवासी ४१ वर्षिय पुरुषको आइतबार दिउँसो साढे १२ः०० बजे निधन भएको हो । 

यस्तै बबई गाउँपालिकाका–४ निवासी २७ वर्षीया महिलाको राति साढे १२ः०० बजेतिर निधन भएको हो । ति महिला शनिबार मात्रै आईसियुमा उपचाररत थिइन् । अन्य चारजना भने एचडियू कक्षमा उपचाररत थिए । उनीहरु सबैमा कोरोनासँगै निमोनिया र श्वाशप्रश्वासमा समेत समस्या रहेको थियो ।

एक कोरोना सङ्क्रमितको मृत्यु

रुकुम (पूर्व)ः हेलिकप्टरमार्फत उद्धार गरिएको रुकुम ९पूर्व० का एक कोरोना सङ्क्रमितको काठमाडौँमा मृत्यु भएको छ । भूमे गाउँपालिका–५ सेराबाङका ३८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आइतबार मृत्यु भएको हो । अवस्था जटिल बन्दै गएपछि अस्पतालले अन्यन्त्र सिफारिस गरेको थियो । उनलाई अपराह्न ३ः०० बजे हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पताल  लगिएको थियो ।

थप दुईको मृत्यु

राँझाः बाँकेका अस्पतालमा भर्ना भएका थप दुई सङ्क्रमितको गए राती मृत्यु भएको छ । भेरी अस्पतालमा एक र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप दुईजनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं। ७ बर्दिया निवासी ४६ वर्षीया महिला र बाँसगढी नगरपालिका वडा नंं ८ बर्दिया निवासी ६८ वर्षीय पुरुष छन् । यही वैशाख २६ गते भेरी अस्पतालमा भर्ना भएकी गुलरिया नगरपालिका वडा नंं ७ बर्दिया निवासी ४६ वर्षीया महिलाको गए राती १०ः०० बजे मृत्यु भएको हो भने यहि वैशाख २६ गते भर्ना भएका बाँसगढी नगरपालिका वडा नंं ८ बर्दिया निवासी ६८ वर्षीय पुरुषको गए राती ११ः५० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।