२१ श्रावण २०८३, बिहीबार
,
Latest
लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको… राष्ट्रियसभाको बैठक सुरु धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–जापान संसदीय समूह छिट्टै गठन हुन्छ: अध्यक्ष तिमिल्सिना



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिट्टै ‘नेपाल–जापान संसदीय समूह’ गठन गर्ने बताउनुभएको छ ।

बुधवार बिहान सिंहदरवारमा जापान–नेपाल संसदीयमैत्री समूहका सदस्यद्वय कोबसायी काजुहिरो र नागाई मानाबुसँगको शिष्टाचार भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रतिनिधि सभाको निर्वाचनपछि नेपालमा राजनीतिक परिवर्तनको अवस्थाले गति लिएकाले सो समूह गठन गर्न ढिलाई भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब त्यसलाई छिट्टै गठन गरी दुई मुलुकको संसदबीचको सम्बन्धलाई अझ बलियो बनाउन लागिपर्ने बताउनु भयो । सो समूहमा संघीय संसदको दुवै सदनका सांसद सदस्यको रुपमा रहने प्रावधान राखिएको छ ।

भेटमा जापानिज संसदीय टोलीले नेपालमा सो समूह गठन नभएकोमा चासो व्यक्त गरेपछि अध्यक्ष तिमिल्सिनाले सबै प्रावधानहरु पूरा गरी सो समूह छिट्टै गठन हुने र त्यसले आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा जापनिज टोलीले दुई मुलुकबीचको सदियौंदेखिको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्‍यौं । त्यसपछि राजनीतिक वातावरण निरन्तर परिवर्तनशील रह्यो । त्यसकारण हामीले मैत्री समूह गठन गर्न अलिकति ढिलाई भएको छ । अब हामी छिट्टै नै नेपाल–जापान समूह गठन गर्नेछौं । दुवै सदनको सदस्यहरु हामी राख्ने गर्छौं । राष्ट्रिय सभा त निरन्तर छदै थियो । तर प्रतिनिधि सभासहितको बनाउनुपर्ने हुँदाखेरी हाम्रो ढिलाई भएको हो । हामी छिट्टै त्यो समूह गठन गरेर त्यसको सभापति, अध्यक्षसहितको सबै प्रावधानहरु अनुसार हामी यहाँहरुलाई जानकारी पनि गराउँछौं ।’

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपालको विकासमा जापानको सहयोग आगामी दिनमा अझै वृद्धि हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।




भर्खरै