२१ श्रावण २०८३, बिहीबार
,
Latest
धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारविरुद्ध एमाले सर्वोच्च जाँदै



file photo
अ+ अ-

विराटनगर । संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै मुख्यमन्त्री उद्धव थापाविरुद्ध एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्न लागेको छ ।

थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित अदालत जान लागेको हो ।

एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले आफुहरु आजै अदालत जाने बताए ।

मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताएका थिए ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीलाई प्रयोग गर्दै सोमबार विश्वासको मत लिएका थिए । सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै त्यसविरुद्ध एमाले अदालत जान लागेको हो ।

सभाध्यक्षसहितको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरि विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो ।