३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारविरुद्ध एमाले सर्वोच्च जाँदै



file photo
अ+ अ-

विराटनगर । संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै मुख्यमन्त्री उद्धव थापाविरुद्ध एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्न लागेको छ ।

थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित अदालत जान लागेको हो ।

एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले आफुहरु आजै अदालत जाने बताए ।

मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताएका थिए ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीलाई प्रयोग गर्दै सोमबार विश्वासको मत लिएका थिए । सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै त्यसविरुद्ध एमाले अदालत जान लागेको हो ।

सभाध्यक्षसहितको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरि विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो ।