१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

बुद्धनगरमा आतंक मच्चाइ रहेको भैंसी नियन्त्रणमा लिने तयारी

बुद्धनगरमा आतंक मच्चाइ रहेको भैंसी नियन्त्रणमा लिने तयारी
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । काठमाडौँको बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र आ बिहान प्रवेश गरि आतंक मच्चाइ रहेको भैंसी नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको प्राविधिक टोलीलाई बोलाएको छ ।

वन प्राविधिक टोलीले डार्ट गरेर उक्त भैंसीलाई नियन्त्रणमा लिनका लागि खबर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भैसीले एक जना महिलालाई सामान्य घाइते बनाउनुका साथै दुई वटा गाडिमा क्षती पुर्‍याएको छ ।

भैंसी विद्यालयभित्र छिरे पछि विद्यालयले भुईतलामा रहेका कक्षामा पढ्ने सबै विद्यार्थीहरुलाई माथिल्लो तलामा सारेको प्रहरीले जनाएको छ ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित भएका थिए । आतंकित जस्तो देखिने उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको थियो । भैसी कस्को र कहाँबाट आयो भन्ने अहिले सम्म यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।