२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि खरिदमा भ्रष्टाचार भएको भए दोषीलाई कारबाही हुन्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विरुद्धमा नेपाल सरकारले ल्याउन लागेको खोप तथा औषधि खरिदमा कारबाही भएको भए ती दोषीमाथि कारबाही हुने बताउनुभएको छ । 

आज आफूले विश्वासको मत प्राप्त गर्नका लागि आह्वान गरेको संसद अधिवेशनलाई सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो । 

उहाँले भन्नुभयो– यहाँ त औषधि किन्दा पनि भ्रष्टाचार गर्यो भनेर प्रधानमन्त्रीमाथि हमला गर्ने काम भएको छ, यो सरकारले यस्तो काम गर्दैन र कसैले गरेको भए कारबाही हुन्छ । 

सरकारले भारतबाट खोप किन्ने विषयमा कमिसन नमिलेको भनेर खोप ल्याउन ढिला भएको भन्दै सरकारको व्यापक मात्रामा आलोचना हुदै आएको छ ।