२१ श्रावण २०८३, बिहीबार
,
Latest
धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बजारमा प्याजको अस्वाभाविक मूल्यवृद्धि



अ+ अ-

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो ।

त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा प्याजभित्र प्याज आउन छाडेपछि प्याज दैनिक मूल्य सूचीबाट हटाएको जानकारी दिए । “भारतले प्याजमा प्रतिबन्ध लगाएको त होइन, निर्यात महसुुल वृद्धि पो गरेको हो,” उनले भने, “नियमित कालीमाटी आउने प्याज कहाँ गयो ? खोजी गर्नुुपर्ने कसले हो ?”

कालीमाटीका व्यापारीहरू कालीमाटी भित्रिँदै आएको प्याज निर्यातकर्ताले अन्य बजारबाट महँगोमा बिक्री गरेको बताउँदै आएका छन् । भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात महसुुल लगाएको थियो ।

उक्त महसुुल २१ डिसेम्बर २०२३ सम्म लागु हुने भनिएको छ । भारत सरकारले आफ्ना नागरिकलाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा अहिले प्याजको भाउ प्रतिकेजी २४ भारु (नेपाली ३८ रुपियाँ) खुद्रामा कारोबार भइरहेको छ । भारतमा अगस्ट महिनामा विगत एक दशकयताकै सुक्खायाम लागेकाले पनि उत्पादनमा कटौती भएको आकलन गरिएको छ ।

आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ६१ रुपियाँ थोकमा कारोबार भएको प्याजको भाउ सोमबार बढेर ९० रुपियाँसम्म पुुगेको छ । यसको भाउ खुुद्रामा ११० रुपियाँमा कारोबार भएको छ । जुुन स्वाभाविक मूल्य हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।