२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई ओलीको कटाक्ष- पार्टी अलग भएपनि समर्थन फिर्ता त लिनुभएन



अ+ अ-

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादी पार्टीले समर्थन दिइरहेको प्रसंग उल्लेख गरेका छन् ।

आजको संसद बैठकलाई सम्बोधन गर्दै उनले भने 'पार्टी अलग भइसकेपछि पनि, सरकारबाट फिर्ता भइसकेपछि पनि मलाई विश्वासको त दिइरहनुभयो नि ।'

माओवादी या प्रचण्डको नामै नलिइन उनले भने- 'हो भर्खरै दुई तीन दिनमात्र भयो उहाँहरुले मप्रतिको समर्थन फिर्ता लिनुभएको छ ।' माओवादी केन्द्रले हालैमात्र यो सरकारप्रतिको समर्थन फिर्ता लिएको थियो । त्यसैप्रति उनले प्रचण्डलाई यो कटाक्ष गरेका हुन् ।

प्रतिनिधि सभाको बैठक जारी छ ।