४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत देखाइँदै



अ+ अ-

काठमाडौँ । दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो)बन्ने भएको छ ।

निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गर्नुभएको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि नै गर्नुभएको मेहनतलाई सानै रूपमा भए पनि उहाँका प्रशंसकमाझ ल्याउँदैछौँ । यसमा उहाँको आवरण (लुक्स)सँगै पर्दा पछाडिका कामलाई पनि देखाएका छौँ ।” निर्देशक गुरुङले चलचित्रकै लागि तय गरिएको गीतमा अभिनेता ताम्राकारको दृश्यलाई जोडिएको बताउनुभयो ।

अभिनेता ताम्राकारले बर्दियाको छायाङ्कन तालिका पूरा गरेर काठमाडौँको सुरुआत गर्नुभएको थियो । प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकलाई श्रद्धाञ्जलि (ट्रिब्युट टु सारुक) कार्यक्रममा चलचित्रको निर्माण समूहसँगै अभिनेता ताम्राकारका नजिकको साथीहरूको उपस्थितिमा हुने जानकारी दिनुभयो । बर्दियाको छायाङ्कन तालिका सकिएसँगै काठमाडौँमा छायाङ्कनकै क्रममा अभिनेता ताम्राकारले गत असार २१ गते आत्महत्या गर्नुभएको थियो ।

चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाउनुभएका ताम्राकारको निर्देशक बन्ने योजना थियो ।