९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिपुरमा स्थिति सामान्य बन्दै, राजमार्ग–३७ को नाकाबन्दी हटाइयो



अ+ अ-

एजेन्सी । मणिपुरको अवस्था सामान्य अवस्थामा फर्किएको देखिन्छ । राजधानी इम्फाललाई आसामको सिल्चर जोड्ने राष्ट्रिय राजमार्ग–३७ मा आदिवासी समूहले लगाएको नाकाबन्दी हटाइएको छ ।

अत्यावश्यक वस्तु बोकेका १७१ ट्रकको आवतजावत सुनिश्चित गर्न प्रहरी र सुरक्षाकर्मीले यो कदम चालेका हुन् ।

प्रहरीले एनएच–३७ खाली गरिसकेको छ, तर आदिवासी संगठनले अझै पनि इम्फाललाई नागाल्याण्डको दिमापुरसँग जोड्ने राष्ट्रिय राजमार्ग–२ अवरुद्ध गर्न जारी राखेको छ ।

मणिपुरको पहाडी क्षेत्रका कुकी समुदायलाई अत्यावश्यक वस्तुको पर्याप्त आपूर्तिको माग गर्दै जनजाति एकता समितिले सोमबार फेरि काङ्पोकपीको एनएच–२ र तामेङ्लोङ जिल्लाको एनएच–३७लाई केही ठाउँमा अवरुद्ध गरेको छ ।

आगजनीको घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यी व्यक्तिहरूले एक दिन अघि इम्फाल पश्चिममा चार घर र एउटा सामुदायिक हल जलाएको आरोप छ । यससँगै विभिन्न जिल्लामा प्रहरीले खोजी कार्यका क्रममा हातहतियार बरामद गरेको छ ।

मैतेई समुदायले अनुसूचित जनजाति (एसटी)को दर्जा दिनुपर्ने मागको विरोधमा पहाडी जिल्लाहरूमा ‘आदिवासी ऐक्यबद्धता मार्च’ निकालेपछि मेको शुरुमा राज्यमा हिंसा भड्किएको थियो । त्यसयता मणिपुरमा जातीय हिंसामा १६० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।