२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीरबाट तल हामफाल्ने अनि गुरुत्वकार्षणलाई दोष दिने: प्रम ओली



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले राजनीतिक स्थीरताको लागी बिश्वासको मत दिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो राजनीतिक स्थीरता भएन भन्ने सरकार लाई मत पनि नदिने यो दोहोरो चरित्र भयो ।

प्रधानमन्त्री ओलीले कुनै पनि सरकारले पाँच बर्षे पुरा कार्यकाल काम गर्न नपाएको स्मरण गराउदै राजनीतिक स्थीरताको लागि मत दिन आबश्यक रहेको बताउनु भयो । उहाले भन्नुभयो मुद्दालडेर ल्याएको संसदलाई बचाऔ । बिश्वासको मत नदिने सरकार स्थिर भएन भन्ने भनाई प्रति कटाक्ष गर्दे प्रधानमन्त्री ओलीले भन्नुभयो भीरबाट तल हामफाल्ने अनि गुरुत्वकार्षणलाई दोष दिने त्यो स्वभाबिक होईन ।

प्रधानमन्त्री केपी ओलीले कोरोनाका कारण देश असहज अबस्थामा रहेको कारण आफू बैमनश्यता र कलह तर्फ जान नहुने बताउनु भएको छ । प्रतिनिधिसभामा बिश्वासको मत माग्ने क्रममा उठेका बिभिन्न दलका नेताहरुले उठाएको प्रश्नको जबाफ दिदै प्रधानमन्त्री ओलीले झुट , जालझेल र प्रपञ्चको नभै सत्य तथ्थ र प्रमाणको आधारमा राजनीति गर्नु पर्ने बताउनु भयो ।

बिभिन्न सन्दर्भमा आफूले ब्यक्त गरेका बिचारलाई गलत ब्याख्या गरेर घृणीत राजनीति गरेको भन्दै ओलीले कोही नेता कुनै पनि क्षेत्रको ठेकेदार कोही नरहेको स्पष्ट पार्नुभयो ।