• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल

एसिया कपमा सबैभन्दा पाका खेलाडी भारतका, गुलशन सबैभन्दा कान्छा



एजेन्सी । एसिया कपका लागि भारतीय टोलीको घोषणा भइसकेको छ । प्रतियोगितामा भारतीय टोलीमा सबैभन्दा पाका खेलाडी रहेका छन् । भारतीय खेलाडीको औसत उमेर २९ वर्ष रहेको छ ।

कप्तान रोहित शर्मा (३६ वर्ष ११३ दिन) भारतीय टोलीका सबैभन्दा पाका खेलाडी हुन् । प्रतियोगितामा भाग लिने अन्य टोलीमध्ये बंगलादेशका कप्तान शकिब अल हसन (३६ वर्ष १४१ दिन) मात्र रोहितभन्दा जेठो छन् ।

नेपालका गुलशन झा (१७ वर्ष) एसिया कपको सबैभन्दा कान्छो खेलाडी बन्ने भएका छन् । २२ वर्षको औसत उमेरको साथ, नेपाली टोली प्रतियोगिताको सबैभन्दा कान्छो टोली रहेको छ ।

भारतीय टोलीका ७ खेलाडी ३० नाघे
भारतीय टोलीका ७ खेलाडी ३० वर्ष नाघेका छन् । रोहितका अलावा विराट कोहली (३४ वर्ष), रविन्द्र जडेजा (३४ वर्ष), सूर्यकुमार यादव (३२ वर्ष), मोहम्मद शामी (३२ वर्ष), केएल राहुल (३१ वर्ष) र शार्दुल ठाकुर (३१ वर्ष) ३० भन्दा बढी उमेरका छन् ।

तिलक वर्मा टोलीका कान्छा खेलाडी हुन् । उनी अहिले मात्र २० वर्षका छन् । टोलीको ब्याटिङ, बलिङ र अलराउन्ड युनिटमा ३० वर्षभन्दा माथिका खेलाडी छन् ।

नेपालको टोली सबैभन्दा कान्छो, एक खेलाडी मात्र ३० वर्ष पार
पहिलो पटक एसिया कपमा सहभागी हुन लागेको नेपाल यस सिजनको प्रतियोगिताको सबैभन्दा कान्छो टोली हो । टोलीमा करण केसी मात्र ३१ वर्षका छन् । उनी टोलीका सबैभन्दा पाका खेलाडी हुन् । त्यस्तै गुलशन झा (१७ वर्ष) टोलीमा सबैभन्दा कान्छो खेलाडी हुन् ।

पाकिस्तानका बलर र अलराउन्डर ३० वर्ष मुनिका
पाकिस्तानी टोलीको औसत उमेर २६ वर्ष छ । टोलीका ४ खेलाडी ३० वर्ष नाघेका छन् । जसमा फखर जमान (३३), इफ्तिखार अहमद (३२), ताइब ताहिर (३०) र मोहम्मद रिजवान (३१) ३० वर्ष नाघेका छन् । टोलीमा सबैभन्दा जेठो खेलाडी फखर जमान हुन् । उनी ३३ वर्षका छन् भने नसीम शाह (२० वर्ष) कान्छा हुन् । पाकिस्तानका सबै बलर र अलराउन्डरको उमेर ३० वर्षभन्दा कम छ ।

बंगलादेशका कप्तान यस सिजनका सबैभन्दा पाका खेलाडी
औसत उमेरका आधारमा बंगलादेश तेस्रो स्थानमा छ । टोलीको औसत उमेर २६ वर्ष छ । कप्तान शकिब अल हसन एसिया कपको चालू सिजनका सबैभन्दा पाका खेलाडी हुन् । उनी ३६ वर्षका छन् भने शोरिफुल इस्लाम (२२ वर्ष)टोलीका कान्छा खेलाडी हुन् । टोलीका दुई खेलाडीले ३० वर्ष नाघेका छन् ।

एसिया कप अगस्ट ३० देखि सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा आयोजक पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि सेप्टेम्बर ४ मा नेपालले भारतको सामना गर्नेछ ।