• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ ★   भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग ★   झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक ★   मनकामना केबलकार ५० दिन बन्द हुने ★   कालीकोट को मान्मामा प्रभु बैंक को ३०५ औ शाखा सञ्चालनमा ★   मधेस प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छ: सांसद मैनाली ★   ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित ★   उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक: अध्यक्ष लिङदेन ★   टी–२० विश्वकप: सुपर आठ खेल्ने ७ टोलीको टुंगो, यस्तो छ तालिका ★   चुरे दिवस: कसले सुन्ला चुरेका कुरा ?

महिला टी–२० आई सिरिज: नेपालविरुद्ध हङकङ ब्याटिङ गर्दै



काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङले अहिले नेपालविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् ।

केहीबेर अघिसम्मको खेलमा हङकङले १४ ओभरमा चार विकेटको क्षतिमा ६६ रन बनाएको छ । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाइन ।

बलिङतर्फ नेपालका लागि कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुविना क्षेत्री बेलबासेले एक/एक विकेट लिएका छन् ।

नेपाली टोलीमा कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम र अश्मिना कर्माचार्य रहेका छन् ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी आई सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेल्न लागेको हो ।