१९ आश्विन २०८१, शनिबार
,
Latest
उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गर्नुभएको छ ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस साउदी अरब र पानस युएईको निमन्त्रणामा त्यहाँ आयोजित विविध कार्यक्रममा सहभागी हुन मंगलबार अपराह्न उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ । भ्रमण दलमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी हुनुहुन्छ ।

अध्यक्ष लिङ्देन भदौ ९ गते साउदी अरबबाट दुबईतर्फ प्रस्थान गर्नुहुनेछ। अध्यक्ष लिङ्देन दुवै देशमा रहँदा विभिन्न नेपाली संघसंस्थासंग भेटघाट, अन्तरक्रिया कार्यक्रममा सहभागी हुने, राजदुतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसंग छलफल गर्ने, त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने र स्थलगत अवलोकन गर्ने एवं प्रवासी नेपाली समाजद्वारा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुनुहुनेछ। उहाँहरुको भदौ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।