१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

राप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान

राप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गर्नुभएको छ ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस साउदी अरब र पानस युएईको निमन्त्रणामा त्यहाँ आयोजित विविध कार्यक्रममा सहभागी हुन मंगलबार अपराह्न उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ । भ्रमण दलमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी हुनुहुन्छ ।

अध्यक्ष लिङ्देन भदौ ९ गते साउदी अरबबाट दुबईतर्फ प्रस्थान गर्नुहुनेछ। अध्यक्ष लिङ्देन दुवै देशमा रहँदा विभिन्न नेपाली संघसंस्थासंग भेटघाट, अन्तरक्रिया कार्यक्रममा सहभागी हुने, राजदुतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसंग छलफल गर्ने, त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने र स्थलगत अवलोकन गर्ने एवं प्रवासी नेपाली समाजद्वारा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुनुहुनेछ। उहाँहरुको भदौ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।