२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान जानुअगाडि पशुपतिनाथ पुगे राष्ट्रिय टोली, सन्दीप गएनन्



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टीम एसिया कप क्रिकेटका लागि पाकिस्तान जानुभन्दा अगाडि पशुपतिनाथ मन्दिर पुगेर आशीर्वाद लिएका छन् । राष्ट्रिय क्रिकेट टोली भोली पाकिस्तानतर्फ प्रस्थान गर्न लागेका हुन् । आज नेपाल क्रिकेट संघ (क्यान) ले टीमको बिदाइ कार्यक्रम राखेको छ ।

एसिया कप भदौ १३ गतेबाट सुरु हुने भएपनि केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै जान लागेको हो । एसिया कपको उद्घाटन खेलमा समुह ए मा रहेको नेपाल र पाकिस्तान भिड्दैछन् ।

क्यानले रोहित पौडेलको कप्तानीमा एसिया कप खेल्ने १७ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । जसमध्ये स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । उनी आज टिमसँग पशुपतिनाथ पनि पुगेका थिएनन् । उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । सन्दीपको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि उनले एसिया कप खेल्ने/नखेल्ने अनिश्चित बनेको छ ।

सन्दीप अस्वस्थ भएकाले उनी बन्द प्रशिक्षणमा सहभागी नभएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए । भोलि टिमसँग नगए पनि उनले एसिया कप खेल्ने चन्दले विश्वास व्यक्त गरेका छन् ।

 




भर्खरै