• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

राष्ट्रपतिले बोलाउनु भएको भनिएको छलफल बारे जानकारी छैन: सुवासचन्द्र नेम्वाङ



काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले बोलाउनु भएको भनिएको बैठकबारे आफुहरुलाई कुनै जानकारी नभएको जनाउनु भएको छ ।

न्यूजपोलारसंग नेम्वाङले भन्नुभयो ‘हामी प्रधानमन्त्रीसंग निरन्तर छलफलमा छौ ,प्रधानमन्त्रीले अग्रसरता लिईरहनु भएको छ । हिजो पनि राति १० बजे सम्म छलफलमा नै थियौ आज पनि दिउसो २ बजे बस्ने तयारी छ । राष्ट्रपतिले बोलाएको बैठकको जानकारी छैन । वैधानिकता पनि पुष्टि हुँदैन ।’

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मङ्गलबार बिहान साढे ८ बजे शीतल निवास बोलाउनुभएको थियो ।