१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

कागबेनी बाढी पीडितलाई राहत र नदीमा तटबन्धका लागि आग्रह

कागबेनी बाढी पीडितलाई राहत र नदीमा तटबन्धका लागि आग्रह
अ अ+ अ-

गण्डकी । अनन्त श्रीविभुषित मुक्तिनाथपीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा)ले साउन २९ गते मुस्ताङको कागबेनीमा आएको बाढीका कारण पीडित सर्वसाधारणलाई तत्काल राहत र नदीमा दीर्घकालीन तटबन्धको व्यवस्थाका लागि आग्रह गर्नुभएको छ ।

पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त दिनको बाढीका कारण  ३५ वर्ष पहिलेबाट निशुल्क भोजन र आवासको सेवा प्रदान गर्दै आएको मुक्तिनाथ अन्नदान क्षेत्र कागबेनीका सम्पूर्ण भौतिक संरचनामा क्षति पुुग्नुका साथै स्थानीयवासीले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुुभयो ।

बाढीका कारण अतिथिको भोजन आवासका लागि आवश्यक खाद्यन्न, विस्तारा, सिरक डसना, कम्बल, सय जना लागि भोजन बनाउने ठूला ठूला भाँडाहरू, ३० वटा सिलिण्डर, मन्दिरका बहुमुुल्य गहना, चाँदीका भाँडाकुुँडा लगायत सम्पूर्ण भौतिक संरचना गरी करिब पाँच करोड बराबरको क्षति भएको उहाँले जानकारी गराउनुुभयो ।

तीर्थयात्रीहरूले अहिलेसम्म प्राप्त गरेको आधार गुमाउनुुपर्दा आँफूूहरू दु:खित भएको उल्लेख गर्दै उहाँले त्यसभन्दा पनि स्थानीयवासीले सामना गर्नुपरेको दु:खले अझैं चिन्तित बनाएको बताउनुुभयो ।

विपद्को यस अवस्थामा नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति र अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टका माध्यमबाट यथासम्भव आपत्कालीन राहत उपलब्ध गराउने जानकारी गराउँदै उहाँले, “संघ प्रदेश र स्थानीय तहसँग वास्तविक पीडित बर्गहरूलाई क्षतिपूर्ति उपलब्ध गराई सो क्षेत्रमा पुन: यस प्रकारको दु:खद घटना नदोहोरिया्स् भन्नका लागि नदीमा दीर्घकालीन तटबन्धनका् कार्य समेत गरिदिन आग्रह गर्दछौं” भन्नुुभयो ।सहयोगका लागि विभिन्न व्यक्ति एवम् संस्थासँग निरन्तर समन्वय गरिरहेको उहाँले बताउनुुभयो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङ र स्थानीय तहसँग सम्पर्क गरी सिधै पीडितसँग पुुग्ने प्रकारले यथासम्भव सहयोग गर्न पनि उहाँले सबैसँग आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा मुक्तिनाथ सन्तसेवा आश्रम रामघाटका अध्यक्ष महेश पराजुुली, आचार्य सुदर्शन, उद्धव शर्मा लगायतले कागबेनीमा बाढीका कारण अपुरणीय क्षति भएको बताउँदै राहत तथा उद्धारका लागि सबैसँग आग्रह गर्नुुभयो । रासस