११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मान्छे भन्दा पुत्ला बढी भएको विश्वकै अनौठो गाउँ



अ+ अ-

एजेन्सी । संसारमा धेरै अनौठा गाउँहरू छन् । यी गाउँको बारेमा थाहा पाएर मानिसहरु अचम्ममा पर्दछन् । गाउँमा विभिन्न किसिमका मानिस र जनावरहरु पाइन्छ । अनौठो चीजहरू धेरै गाउँहरूमा देखिन्छन्, तर संसारमा एउटा यस्तो गाउँ छ, जहाँ मानिस भन्दा धेरै पुत्लाहरू देखिन्छन् । यो गाउँमा जाँदा सुरुमा त डर लाग्छ । यो गाउँमा जताततै पुत्ला देख्न पाइन्छ ।

विश्वको यो अनौठो गाउँ जापानको शिकोकु टापुमा अवस्थित छ जसको नाम नागोरो हो । यो गाउँलाई पुत्लाको गाउँ पनि भनिन्छ । यहाँ पुत्लालाई स्थानीय भाषामा स्केरेक्रो भनिन्छ । यहाँ आउने पर्यटकहरु राति धेरै पटक पुत्ला देखेर डराउँछन् । सबैभन्दा अचम्मको कुरा यो गाउँमा ३० जना मात्रै बस्छन् । तर, त्यहाँ ३०० पुत्ला छन् ।

यस गाउँका पसलहरूमा, बस स्टपहरूमा र अन्य ठाउँहरूमा ग्राहकहरूले मान्छे देख्न या नदेखिन पनि सक्छन्, तर तपाईंले पुत्लाहरू अवश्य देख्नुहुनेछ । यो गाउँ पुत्लाको गाउँ बन्ने कथा निकै पुरानो र रोचक छ ।

पुत्लाको गाउँ बन्ने कथा १० वर्षअघि मात्र सुरु भएको थियो । त्यसबेला एउटी महिलाले विद्यालयमा राख्नको लागि पुत्ला बनाएकी थिइन् । कुनै समय यो गाउँमा ठूलो संख्यामा मानिसहरु बसोबास गर्दथे तर कामको खोजीमा मानिसहरु बिस्तारै जान थालेको बताइएको छ ।

यसरी यो गाउँ केही बेरमै खाली भयो र थोरै मानिस मात्र बाँकी रह्यो । यस गाउँका मानिसहरूले एक्लोपन हटाउन यो तरिका फेला पारे । जसका कारण पुरै गाउँमा पुत्ला लगाइयो ।

सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि यी पुत्लाहरू हारु गाउँकी एक वृद्धाले बनाएकी हुन् । महिलाको उमेर ७० वर्ष नाघेको छ । गाउँको उजाड हटाउन यो काम गरेको वृद्धा बताउँछिन् । भनिन्छ, जब कोही एक्लोपन महसुस गर्छ, तब मानिस पुत्लासँग कुरा गर्न थाल्छ ।