२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतल निवासमा सर्वदलीय बैठक बस्दै



अ+ अ-

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गर्नुभएको सर्वदलीय बैठक बस्दैछ  । राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राख्नुभएको हो ।

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मङ्गलबार बिहान साढे ८ बजे शीतल निवास बोलाउनुभएको प्रेस सल्लाहकार पोखरेल जानकारी दिनुभयो ।

सुन प्रकरण उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास  बोलाएर छलफल गर्नुभएको थियो ।