• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित

एक्सेल्सियर र ज्ञान निकेतन क्वाटरफाइनलमा



काठमाडौं । द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

एक्सेल्सियरले कान्तिपुरलाई ३१–१३ ले पराजित गर्‍यो । एक्सेल्सियरको जितमा राजीव थापाले ९ अंक योगदान गरे । आयुश रावलको २० अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई ५०–४१ ले हरायो ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले स्वप्न वाटिकालाई ३०–१४, रेडिअन्टले श्रीजना ज्ञान सागरलाई २२–१६, आयोजक ग्रिनफिल्ड ‘ए’ ले हिमरश्मीलाई ३२–२१, ज्ञान निकेतनले श्री नवीन ज्योतिलाई २९–१२, किङडम हिमालयले महामञ्जुश्रीलाई १३–११ र इडेन ब्रिज एकेडेमी ९इबीए० ले साइ निलायमलाई २४–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सिनियर गल्र्समा महामञ्जुश्रीले हिमरश्मीलाई १८–१७, भ्याली पब्लिकले पिपुल्स एकेडेमीलाई ३८–१८ र साइ निलायमले इबीएलाई २२–१२ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।