२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पंकज त्रिपाठीका बुबाको ९९ वर्षको उमेरमा निधन



अ+ अ-

एजेन्सी । ‘ओ माई गड २’ जस्ता हिट फिल्म दिएका अभिनेता पंकज त्रिपाठीका बुवा पण्डित बनारस तिवारीको निधन भएको छ ।

९९ वर्षीय पण्डितको आफ्नै गाउँ बेलसण्डमा निधन भएको हो । उनको उमेर सम्बन्धी रोगका कारण निधन भएको बताइएको छ । अभिनेता पंकज त्रिपाठी बिहारको गोपालगञ्जस्थित आफ्नो गाउँमा बुवाको अन्तिम दर्शनका लागि मुम्बई छाडेर त्यसतर्फ लागेका छन् ।

उनको परिवारका बीचमा आज अन्तिम संस्कार गरिने बताइएको छ । पंकज त्रिपाठी अहिले आफ्नो गाउँ गोपालगञ्ज जाँदैछन् ।

पंकज आफ्नो बुबासँग धेरै नजिक थिए, जब फिल्मबाट ब्रेक पाउँछन्, उनी आफ्नो गाउँ गएर आफ्ना आमाबुवासँग समय बिताउने गर्दथे । यस क्रममा पंकजले धेरै पटक आफ्ना बुवासँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

पंकज त्रिपाठीले एक अन्तर्वार्तामा भनेका थिए कि उनका बुवा एक पटक मात्र मुम्बई आएका थिए । उनलाई यहाँका ठूला घर र भवनहरू मन परेनन् । पंकज त्रिपाठीले भनेका थिए कि उनका बुबा कहिल्यै कुनै थिएटरमा फिल्म हेर्न गएनन् । घरमा पनि छोराको फिल्म कसैले टिभी वा कम्प्युटरमा देखाएमा मात्रै हेर्ने गर्थे ।