२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पंकज त्रिपाठीका बुबाको ९९ वर्षको उमेरमा निधन



अ+ अ-

एजेन्सी । ‘ओ माई गड २’ जस्ता हिट फिल्म दिएका अभिनेता पंकज त्रिपाठीका बुवा पण्डित बनारस तिवारीको निधन भएको छ ।

९९ वर्षीय पण्डितको आफ्नै गाउँ बेलसण्डमा निधन भएको हो । उनको उमेर सम्बन्धी रोगका कारण निधन भएको बताइएको छ । अभिनेता पंकज त्रिपाठी बिहारको गोपालगञ्जस्थित आफ्नो गाउँमा बुवाको अन्तिम दर्शनका लागि मुम्बई छाडेर त्यसतर्फ लागेका छन् ।

उनको परिवारका बीचमा आज अन्तिम संस्कार गरिने बताइएको छ । पंकज त्रिपाठी अहिले आफ्नो गाउँ गोपालगञ्ज जाँदैछन् ।

पंकज आफ्नो बुबासँग धेरै नजिक थिए, जब फिल्मबाट ब्रेक पाउँछन्, उनी आफ्नो गाउँ गएर आफ्ना आमाबुवासँग समय बिताउने गर्दथे । यस क्रममा पंकजले धेरै पटक आफ्ना बुवासँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

पंकज त्रिपाठीले एक अन्तर्वार्तामा भनेका थिए कि उनका बुवा एक पटक मात्र मुम्बई आएका थिए । उनलाई यहाँका ठूला घर र भवनहरू मन परेनन् । पंकज त्रिपाठीले भनेका थिए कि उनका बुबा कहिल्यै कुनै थिएटरमा फिल्म हेर्न गएनन् । घरमा पनि छोराको फिल्म कसैले टिभी वा कम्प्युटरमा देखाएमा मात्रै हेर्ने गर्थे ।